Kathmandu Press

संघ र प्रदेशका लागि असोज २३ मा उम्मेदवारी दर्ता

काठमाडौं, साउन २४ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि असोज २३ गते उम्मेदवारी दर्ता गरिने भएको छ।निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने...
संघ र प्रदेशका लागि असोज २३ मा उम्मेदवारी दर्ता

काठमाडौं, साउन २४ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि असोज २३ गते उम्मेदवारी दर्ता गरिने भएको छ।

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका तयार गरेको छ। आयोगको बैठकले कार्यतालिका स्वीकृत गर्दै असोज २३ गते उम्मेदवारी दर्ता गर्ने समय तय गरेको हो।

सरकारले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन गर्ने घोषणा गरेको छ। त्यसका लागि आयोगले साउन २२ गतेदेखि दल दर्ता शुरु गरिसकेको छ।

त्यस्तै, आयोगले असोज २६ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने भएको छ। त्यसपछि असोज २८ गते मतपत्र छपाइ शुरु गर्ने कार्यतालिका रहेको छ।

प्रतिनिधिसभाका १६५ र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहने भएको छ। त्यस्तै, ७७ वटै जिल्लामा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने भएको छ।

यसका लािग असोज ११ गते मुख्य निर्वाचत अधिकृत र निर्वाचत अधिकृत नियुक्त गरिने भएको छ। त्यसपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय र अधिकृतको कार्यालय स्थापना गर्नेे आयोगको तयारी छ।

मंसिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। त्यसको ४८ घण्टाअघि मंसिर १ गते राति १२ बजेदेखि मौन अवधि शुरु हुनेछ। चुनावी प्रचारप्रसार गर्न पाइनेछैन।

मतदान सकिए लगत्तै आयोगले मतगणना गर्ने कार्यतालिका तय गरेको छ।

 

प्रकाशित मिति: ०७:३६ बजे, मंगलबार, साउन २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्