पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडौं, साउन २४ : मनसुनी वायुको प्रभावले आज पनि पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार हाल...
काठमाडौं, साउन २४ : मनसुनी वायुको प्रभावले आज पनि पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ। जसले गर्दा अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा आज राति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।











