पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक सञ्चालन
चितवन, साउन २४ : पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ केराबारीस्थित मौरी खोलामा लेदोसहितको पहिरो...
चितवन, साउन २४ : पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ केराबारीस्थित मौरी खोलामा लेदोसहितको पहिरो खसेको थियो। सोमबार साँझ ५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।
राति नै पहिरो पन्छाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो।
वर्षा शुरु भएसँगै यो सडक खण्डमा बारम्बार पहिरो जान थालेको छ। जसले गर्दा यात्रुले सास्ती खेप्नु परिरेको छ।
प्रकाशित मिति: ०६:४८ बजे, मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











