पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड बन्द
काठमाडौं, साउन २३ : पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड बन्द भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ मा आज सोमवार बेलुका ५...
काठमाडौं, साउन २३ : पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड बन्द भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ मा आज सोमवार बेलुका ५ बजेतिर पहिरो खसेपछि यो सडक खण्डमा गाडी चल्न सकेका छैनन् ।
लेदोसहितको ठूलै पहिरो खसेकाले पहिरो पन्छाएर गाडी सञ्चालन गर्न अझै एक, दुई घण्टा जति लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड भएर चल्ने गाडी बीच बाटोमै रोकिएका छन् ।
अहिले सडकमा गाडीको लामो लाइन लागेको छ । पहिरो पन्छाउनका लागि पहल भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १९:५६ बजे, सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











