Kathmandu Press

गठबन्धनद्वारा गठित कार्यदलको संयोजकमा कांग्रेस नेता सिटाैला चयन

काठमाडाैं, साउन २३ : आगामी निर्वाचनमा तालमेलको खाका बनाउन सत्ता गठबन्धनले गठन गरेको कार्यदलको संयोजकमा कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन भएका छन्।प्रधानमन्त्री निवास...
गठबन्धनद्वारा गठित कार्यदलको संयोजकमा कांग्रेस नेता सिटाैला चयन

काठमाडाैं, साउन २३ : आगामी निर्वाचनमा तालमेलको खाका बनाउन सत्ता गठबन्धनले गठन गरेको कार्यदलको संयोजकमा कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको पहिलो बैठकले कार्यदलको संयोजकमा सिटौलालाई चयन गरेको हो। कार्यदलले मूल रुपमा सिट बाँडफाँटको प्रतिवेदन तयार पार्ने र शीर्ष नेताहरुलाई बुझाउने कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

बैठकमा कार्यदल सदस्यहरुले गठबन्धनलाई अघि बढाउने विषयमा आ–आफ्नो पार्टीभित्र भएका छलफलका बारेमा जानकारी गराएका थिए। कार्यदलको अर्को बैठक साउन २६ गते बस्ने र तालमेलको मोडालिटिका बिषयमा थप छलफल हुने कांग्रेस नेता कार्कीले बताए।

यसअघि सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा कांग्रेसबाट कृष्ण प्रसाद सिटौला, गगन थापा र ज्ञानेन्द्र बहादुर कार्की तथा  नेकपा माओवादीबाट वर्षमान पुन र जनार्दन शर्मा रहनुभएको छ।

त्यस्तै एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद राय र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन्। 

प्रकाशित मिति: १८:२१ बजे, सोमबार, साउन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्