Kathmandu Press

सन्दीपले घरेलु मैदानमा हुने साग गुमाउने

काठमाडौं, मंसिर १० : आखाको अपरेनसले गर्दा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खे....

सन्दीपले घरेलु मैदानमा हुने साग गुमाउने

काठमाडौं, मंसिर १० : आखाको अपरेनसले गर्दा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) गुमाउने भएका भएका छन् ।

सोमबार भएको आँखाको अपरेसनले सन्दीपले घरेलु भूमिको हुने साग गुमाउने भएका हुन् । नेपाली राष्ट्रिय टिमका टिम म्यानेजर रमण सिवाकोटीले सन्दीपले साग नखेल्ने पक्का भएको बताए । सन्दीपको आँखामा समस्या देखिएपछि सोमबार तिलगंगा आँखा अस्पतालमा शल्यक्रिया गरिएको हो ।

सन्दीपको शल्यक्रिया ठीक हुन २ हप्ता देखि २० दिन लाग्ने नेपाली राष्ट्रिय टिमका टिम म्यानेजर रमण सिवाकोटीले जानकारी दिए । सन्दीप टिमबाट बाहिरिएपछि नेपालले उनको स्थानमा रोहित कुमार पौडेललाई टिममा बोलाईएको छ । 

प्रकाशित मिति: ०७:०९ बजे, मंगलबार, मंसिर १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्