Kathmandu Press

आदिवासीका हकहित स्थापित गर्न सरकार क्रियाशील : प्रधानमन्त्री

काठमाडाैं, साउन २३ : प्रधानमन्त्री शेर बहादुर देउवाले वर्तमान संविधानमा उल्लेख आदिवासीका हकहित स्थापित गर्न सरकार क्रियाशील रहँदै आएको बताएका छन्।विश्व आदिवासी दिवसका...
आदिवासीका हकहित स्थापित गर्न सरकार क्रियाशील : प्रधानमन्त्री

काठमाडाैं, साउन २३ : प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान संविधानमा उल्लेख आदिवासीका हकहित स्थापित गर्न सरकार क्रियाशील रहँदै आएको बताएका छन्।

विश्व आदिवासी दिवसका सन्दर्भमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले आदिवासी जनजातीको ज्ञान सिप र सांस्कृतिक परम्परालाई संरक्षण गर्दै संविधानमा उल्लेख हकहित स्थापीत गर्न क्रियाशील रहँदै आएको बताएका हुन्।  

प्रधानमन्त्री देउवाले आदिवासी जनजातिको पहिचान गरी राज्यको मूलधारमा ल्याएर उनीहरूलाई कुनै पनि किसिमको अवसरबाट बञ्चित हुन नदिन सबै मिलेर काम गर्नुपर्ने बताए।  

उनले मुलुकको बिभिन्न परिवर्तनमा आदिवासी जनजाति समूदायको योगदानाई उच्च मुल्याङ्कन गरिएको धारणा पनि राखे।

प्रधानमन्त्री देउवाले आदिवासी जनजाति समुदायको विकास, उनीहरूका हक अधिकारको सुनिश्चितका लागि महासंघले अघि बढाउने हरेक सवालमा सरकारले सदैव साथ दिने प्रतिबद्धता जनाए।

कार्यक्रममा कांग्रेसका नेताहरुले आदिवासी जनजातिको अधिकार स्थापीत गर्दै मुलुकको बिकासको बाटोमा अघि बढाउनका लागि सबै तत्पर हुनुपर्ने धारणा राखेका थिए।

प्रकाशित मिति: १७:४१ बजे, सोमबार, साउन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्