Kathmandu Press

हुन्डीमार्फत कारोबार गरेको अभियोगमा चार जनाविरुद्ध मुद्दा दायर

काठमाडाैं, साउन २३ : राजस्व अनुसन्धान विभागले गैरकानुनी रुपमा हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा चारजनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।विभागका अनुसार...
हुन्डीमार्फत कारोबार गरेको अभियोगमा चार जनाविरुद्ध मुद्दा दायर

काठमाडाैं, साउन २३ : राजस्व अनुसन्धान विभागले गैरकानुनी रुपमा हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा चारजनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

विभागका अनुसार नुवाकोट ककनी–३ का नवराज ढुङ्गाना र फणीन्द्रप्रसाद ढुंगाना, भिरकोटगढी-११ नुवाकोटका सुवासजंग पाण्डे र नुवाकोट ककनी स्थायी घर भई जापानमा रहेका प्रज्ज्वल ढुंगानाविरुद्ध आज मुद्दा दायर गरिएको हो।

केही समय पहिले प्रहरीले नवराज ढुंगानालाई स्रोत नखुलेको रु. ६९ लाख ९९ हजार बराबरको रकम पक्राउ गरेको थियो। उनले पैसाको स्रोत खुलाउन सक्नुभएको थिएन।

सोही आधारमा अध्ययन गर्दै जाँदा प्रहरी अवैध हुण्डी कारोबार भएको निष्कर्ष निकालेको थियो। विभागले बिगोबमोजिमको रकम जफत गरी दोषीमाथि कानुनअनुसार कारवाही गरिपाउँ भन्दै मुद्दा दायर गरेको हो। 

प्रकाशित मिति: १७:३७ बजे, सोमबार, साउन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्