राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लाबाट चुनाव लड्ने
काठमाडाैं, साउन २३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाही आगामी प्रतिनिधिसभा चुनावमा जुम्लाबाट उठ्ने घोषणा गरेका छन्।सोमबार काठमाडौंमा आयोजित एक...
काठमाडाैं, साउन २३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाही आगामी प्रतिनिधिसभा चुनावमा जुम्लाबाट उठ्ने घोषणा गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा उठ्ने घोषणा गरेका हुन्। उनले अहिलेसम्म जुम्लाले धेरै प्रतिनिधि काठमाडौं पठाए पनि कसैले जुम्लाको आवाज नसुनेको बताए।
आफुलाई काठमाडौं, चितवन, नवलपरासी रुपन्देहीबाट चुनाव लड्न आग्रह गरे पनि पनि आफूले जन्मथलो जुम्ला रोजेको उनले बताए। आफ्नो उम्मेदवारी जुम्लाको आर्थिक अवस्थालाई उकास्न भएको बताउँदै उनले कांग्रेस, माओवादी, एमाले कसैका विरुद्ध नभएको जिकिर गरे।
सरकारले मंसिर ४ गतेलाई सरकारले प्रदेशसभा र प्रतिनिधिसभा चुनावको मिति तोकेपछि उम्मेद्वारी घोषणा पनि सुरु भएको छ।
प्रकाशित मिति: १७:२४ बजे, सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











