गठबन्धनकाे सिट बाँडफाँट गर्न बनाइएको कार्यदलको बैठक बालुवाटारमा जारी
काठमाडौं, साउन २३ : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँट गर्न बनाइएको कार्यदलको पहिलो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा...
काठमाडौं, साउन २३ : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँट गर्न बनाइएको कार्यदलको पहिलो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
साउनभित्रै सिट बाँडफाँटको खाका तयार गर्न कार्यदललाई निर्देशन दिइएको छ। कार्यदलले दिएको सुझावअनुसार नै गठबन्धनका शीर्षनेताहरुले सिट बाँडफाँटको टुंगो लगाउनेछन्।
आज (सोमबार) बिहान कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बसेको थियो। सो बैठकमा २०७४ सालको चुनाव तथा गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनको मतलाई आधार मानेर तालमेल गर्न र समान प्रतिनिधित्व हुनेगरी सिट बाँडफाट गर्न सुझाइएका थियो।
पाँचदलीय सत्ता गठबन्धनले शुक्रबार मात्र कार्यदल गठन गरेको थियो। कार्यदलमा कांग्रेसबाट तीनजना र अन्य दलबाट दुईदुईजनाको प्रतिनिधित्व रहेको छ।
कार्यदलमा कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, कृष्णप्रसाद सिटौला र गगन थापा, माओवादी केन्द्रबाट जनार्दन शर्मा र वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल, जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन्।
प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० सिट छन्।











