मुस्ताङको लोमान्थाङमा बन्याे विश्वकै अग्लाे स्थानकाे गल्फ कोर्स
काठमाडाैं, साउन २३ : विश्वकै सर्वाधिक उचाईको अल्टिच्युडमा गल्फ कोर्स निर्माण भएको छ।मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा विश्वकै सर्वाधिक उचाईको गल्फ कोर्स ’मुस्ताङ गल्फ कोर्स’ निर्माण...
काठमाडाैं, साउन २३ : विश्वकै सर्वाधिक उचाईको अल्टिच्युडमा गल्फ कोर्स निर्माण भएको छ।
मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा विश्वकै सर्वाधिक उचाईको गल्फ कोर्स ’मुस्ताङ गल्फ कोर्स’ निर्माण भएको हो। मुस्ताङ गल्फ कोर्स समुन्द्र सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाइको रहेको छ।
यसअघि सिक्किमको याक गल्फ कोर्सलाई सर्वाधिक उचाइको मानिन्थ्याे। उक्त गल्फ कोर्ष ३ हजार ९ सय ७० मिटरको उचाइमा रहेको छ।
गल्फ कोर्स ९ होलको रहेको सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनबाट जानकारी गराइएको छ। उक्त गल्फ कोर्समा आगामी भदौमा ’टप अफ द वर्ल्ड गल्फ च्यालेन्ज’ आयोजना समेत हुने भएको छ।
प्रतियोगिता भदौ ११ गते शनिबार आयोजना गरेर गल्फ कोर्सको उद्घाटन गर्ने तयारी गरिएको छ। स्टेबल फर्म्याट ३/४ ह्याण्डीक्यापको आधारमा हुने प्रतियोगिताको विजेता, उपविजेता, महिला विजेता, बेस्ट ग्रस, कोल्जेस्ट टु द पिन, लंगेस्ट ड्राइभ र मस्ट बर्डिजलाई पुरस्कृत गरिने बताइएको छ।











