Kathmandu Press

एकैदिन ९३४ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३५१ जनामा परीक्षण गर्दा ९३४ जनामा संक्रमण पुष्टि भएको हो। 
एकैदिन ९३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २३ : नेपालमा एकैदिन ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३५१ जनामा परीक्षण गर्दा ९३४ जनामा संक्रमण पुष्टि भएको हो। 

जसमध्य  २ हजार ८६२ जनामा पीसीआर परीक्षण गर्दा ४९८ जनामा र २ हजार ४८९ जनामा एन्टीजेन परीक्षण गर्दा  ४३६ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा ४७० जना संक्रमणमुक्त हुँदा एकजनाको मृत्यु भएको छ। 
 
प्रकाशित मिति: १५:२२ बजे, सोमबार, साउन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्