उपत्यकामा ३०१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, साउन २३ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा २ सय ३६, ललितपुरमा...
काठमाडौं, साउन २३ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा २ सय ३६, ललितपुरमा ४८ र भक्तपुरमा १७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार ८ सय ८० पुगेको छ। तीमध्ये काठमाडौंमा २ हजार ९ सय ९१, ललितपुरमा ७ सय ९२ र भक्तपुरमा ९७ रहेको मन्त्रालयले जनाएको छ।
सोमबार देशभर ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ८६ पुगेको छ।
प्रकाशित मिति: १५:२१ बजे, सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











