Kathmandu Press

सागमा सहभागी हुने विदेशी खेलाडीको बीमा आइएमईले गर्ने

काठमाडौं, मंसिर ९ :   मंसिर १५ गतेदेखि हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने विभिन्न देशका खेलाडी, प्रशिक्षक, निर्णायक, अफिस....

सागमा सहभागी हुने विदेशी खेलाडीको बीमा आइएमईले गर्ने

काठमाडौं, मंसिर ९ :   मंसिर १५ गतेदेखि हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने विभिन्न देशका खेलाडी, प्रशिक्षक, निर्णायक, अफिसियललगायतको दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिडेटले गर्ने भएको छ।

सम्झौता पत्रमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल र आईएमईका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सोमबार हस्ताक्षर गरेका छन्।

सागमा सहभागी हुने करिब ७ हजार ५ सय विदेशीको ५ लाखका दरले दुर्घटना विमा गरिएको स्वास्थ्य समितिका सचिव तिलक नेपालीले जनाएका छन्। नेपाली खेलाडीलगायतको बीमा भने यसअघि नै भइसकेको छ।

प्रकाशित मिति: २०:०१ बजे, सोमबार, मंसिर ९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्