Kathmandu Press

तलब वृद्धि अवैज्ञानिक भएको भन्दै नासुद्वारा अर्थ मन्त्रालयमा धर्ना

काठमाडाैं, साउन २३ : सांसदहरुले संवैधानिक आयोगका काम कारबाहीलाई थप प्रभावकारी बनाउन एउटै शक्तिशाली आयोग बनाउनुपर्ने आवश्यकता औँल्याएको छ।प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिको आजको...
तलब वृद्धि अवैज्ञानिक भएको भन्दै नासुद्वारा अर्थ मन्त्रालयमा धर्ना

काठमाडाैं, साउन २३ : काठमाडौं उपत्यकाभित्र कार्यरत नायव सुब्बाहरूले तलब वृद्धि अवैज्ञानिक भएको भन्दै अर्थमन्त्रालयमा धर्ना दिएका छन्।

सरकारले चालु वर्षमा गरेको तलब वृद्धि मान्य नहुने भन्दै उनीहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका हुन्। त्यस्तै उनीहरुले नायब सुब्बा पदमा १० वर्ष काम गरेकालाई एक तह र १० वर्षभन्दा माथि काम गर्नेलाई दुई तह बढुवा गर्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

उनीहरूले सबै तहमा एउटै मितिबाट लागू हुनेगरी प्रत्येक ५ वर्षमा एक तह वृद्धि हुने व्यवस्था गर्न माग गरेका छन् । यसैबीच अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको माग पुरा गर्ने आश्वासन दिएका छन्।

कर्मचारी संगठनका पदाधिकारीसंगको छलफलका क्रममा मन्त्री शर्माले तलब वृद्धिका साथै मर्यादाक्रम लगायतका विषयहरु पनि मिलाउने बताउनुभएको छलफलमा सहभागी कर्मचारीहरुले जानकारी दिएका छन्।

कर्मचारीहरुले भने आफ्ना माग पूरा नभए मंगलबार सामूहिक बिदा बस्ने चेतावनी दिएका छन्। 

प्रकाशित मिति: १४:४० बजे, सोमबार, साउन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्