Kathmandu Press

आफू सहरी विकास मन्त्री हुँदा गरिएका निर्णय उल्टाउन खोजिएको भन्दै झाँक्रीकाे आपत्ति

काठमाडाैं, साउन २३ : नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले आफू सहरी विकास मन्त्रालयमा रहदा भएका निर्णयलाई अहिले उल्टाउन खोजिएको भन्दै आपत्ति जनाएकी छन्।सोमबार काठमाडौंमा...
आफू सहरी विकास मन्त्री हुँदा गरिएका निर्णय उल्टाउन खोजिएको भन्दै झाँक्रीकाे आपत्ति

काठमाडाैं, साउन २३ : नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले आफू सहरी विकास मन्त्रालयमा रहदा भएका निर्णयलाई अहिले उल्टाउन खोजिएको भन्दै आपत्ति जनाएकी छन्।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफूले मन्त्रालयमा हुँदा गरेका निर्णयहरु नयाँ आएका सहरी विकास मन्त्रालय मेटमणि चौधरीले उल्टाउन थालेको भन्दै आपत्ति जनाएकी हुन्।

उनले जुनसुकै मन्त्रीले पनि राम्रा काम गरेको छ भने त्यसलाई निरन्तरता दिनुपर्ने बताइन्। उनले एउटै पार्टीमा रहेका व्यक्तिबीचको विचार फरक हुन सक्ने भन्दै आफ्नो कामको जिम्मा दिने तर अर्काको कामको जिम्मा नलिने तर्क गरिन्।

उनले आफू मन्त्री रहँदा योजनाबद्ध रुपमा काम गरेको भन्दै विकास निर्माणका विषयमा विभिन्न नीति परिमार्जनको प्रयास गरेको बताइन्।

झाँक्रीले असारको अन्तिम समयमा बजेट सिद्धाउनका लागि काम गर्दा त्यसको गुणस्तरमा कमी आएको र यस बिषयमा पनि आफु मन्त्रालयमा रहदा सार्वजनिक खरिद प्रक्रियामा जोड दिएको धारणा राखिन्। 

प्रकाशित मिति: १४:२६ बजे, सोमबार, साउन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्