Kathmandu Press

असमान तलब वृद्धिकाे विराेधमा मंगलबार देशैभरका नासु बिदामा बस्ने

काठमाडाैं, साउन २३ : तलब वृद्धि असमान रूपमा गरिएको भन्दै तल्लाे तहका निजामती कर्मचारी आन्दोलनमा उत्रिएका छन्।बजेटमा गरिएको घोषणाविपरीत असमान ढंगले तलब वृद्धि गर्दा...
असमान तलब वृद्धिकाे विराेधमा मंगलबार देशैभरका नासु बिदामा बस्ने

काठमाडाैं, साउन २३ : तलब वृद्धि असमान रूपमा गरिएको भन्दै तल्लाे तहका निजामती कर्मचारी आन्दोलनमा उत्रिएका छन्।

बजेटमा गरिएको घोषणाविपरीत असमान ढंगले तलब वृद्धि गर्दा तल्लो तहका कर्मचारीलाई मार परेको भन्दै नायब सुब्बा (नासु) बचाउ अभियानले आन्दोलनको अगुवाइ गरिरहेको छ।

यसैक्रममा भोलि (मंगलबार) देशैभरका नायब सुब्बा विरोधस्वरूप बिदामा बस्ने भएका छन्। नेपाल निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले आन्दोलनका कार्यक्रमअन्तर्गत मंगलबार देशैभरका नायब सुब्बा विरोधस्वरूप बिदामा बस्न लागेको जानकारी दिए। सोमबार कर्मचारीहरूले सिंहदरबारमै पेनडाउन गरेका थिए।

असमान तलब वृद्धिविरूद्धमात्र नभएर प्रस्तावित संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने मागका सन्दर्भमा पनि आफूहरूले आन्दोलन गरिरहेको उनले बताए।

नासु बचाउ अभियानले उठाएका मागबारे मंगलबार नै अर्थमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, मुख्यसचिव, अर्थ सचिव र सामान्य प्रशासन सचिवलाई एसएमएस गर्ने कार्यक्रम रहेको पनि जनाइएको छ। 

आन्दोलनरत कर्मचारीहरुले शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक÷अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग राख्दै आएका छन्।

प्रकाशित मिति: १३:४४ बजे, सोमबार, साउन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्