Kathmandu Press

मन्त्री भुसाल र जर्मनीका कार्यवाहक राजदूत रुसेकबीच भेटवार्ता

काठमाडौं, साउन २३ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत स्टेफन रुसेकबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा...
मन्त्री भुसाल र जर्मनीका कार्यवाहक राजदूत रुसेकबीच भेटवार्ता

काठमाडौं, साउन २३ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत स्टेफन रुसेकबीच भेटवार्ता भएको छ। 

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज (सोमबार) उनीहरूबीच भेटवार्ता भएको हो। मन्त्री भुसालले सामाजिक सञ्जालबाट भेटबारे जानकारी गरेका छन्। 

भेटमा जलविद्युतको प्रयोग गरेर रासायनिक मल उत्पादनका लागि जर्मनी प्रविधि प्रयोग गर्ने विषयमा छलफल भएको बताइएको छ।

‘मन्त्रालयमा भएको भेटमा जलविद्युतको प्रयोग गरेर रासायनिक मल उत्पादनका लागि जर्मनी प्रविधि प्रयोग गर्ने विषयमा छलफल भयो,’ उनले फेसबुकमा लेखेकी छन्।

प्रकाशित मिति: १३:२३ बजे, सोमबार, साउन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्