Kathmandu Press

विकास र समृद्धिका लागि गठबन्धन आवश्यक छैन : पोखरेल

काठमाडाैं, साउन २३ : एमाले महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक नरहेको बताएका छन्।विराटनगर विमानस्थलमा आज (साेमबार) सञ्चारकर्मीसँग कुरा गर्दै...
विकास र समृद्धिका लागि गठबन्धन आवश्यक छैन : पोखरेल

काठमाडाैं, साउन २३ : एमाले महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक नरहेको बताएका छन्।

विराटनगर विमानस्थलमा आज (साेमबार) सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनकाे सरकार लामो समय रहँदा देशलाई श्रीलंकाको बाटोतर्फ जाने दाबी गरे।

उनले दुनियाँमा कहीँ पनि गठबन्धनले समृद्धि नल्याएको बताउँदै विकासका लागि नीतिगत नेतृत्व नै चाहिने दाबी गरे।

महासचिव शंकर पोखरेलले निर्वाचनको घोषणापछि संसद जीवित रहनु संविधानअनुसार नै भएको पनि बताए। चुनाव घोषणासँगै संसद्‍को भूमिका निष्क्रिय हुने भए पनि संकटको बेला काम लाग्छ भनेर जोगाएर राखिएकाे उनकाे भनाइ थियाे।

यस्ताे अवस्थामा संसद्लाई अहिले कुनै बिजनेस दिनु भने गलत भएको धारणा उनले राखे।

उनले अदालतमा समस्या एवं विकृति धेरै रहेकाले त्यसको पूर्ण सुधार हुनु आवश्यक रहेको बताए। प्रधानन्यायाधीश विरुद्धको महाअभियोग राम्रो नियतले नलगाइएको दाबी उनले गरे।

उनले यसको छिनोफानोमा सत्तापक्षको व्यवहार चरम लापरबाही गरेकाे आराेप लगाए। निर्वाचनको मिति घोषणा भइसकेकोले अब जनताले छिनोफानो गर्ने उनले बताए।

प्रकाशित मिति: १२:४१ बजे, सोमबार, साउन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्