Kathmandu Press

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं, साउन २३ : आज राष्ट्रिय सभाको बैठक बस्न लागेको छ।आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बोलाइएको छ। आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट...
आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं, साउन २३ : आज राष्ट्रिय सभाको बैठक बस्न लागेको छ।

आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बोलाइएको छ। आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धि पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ।

त्यस्तै, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विषयगत समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची छ।

त्यसपछि अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाका विषयगत समितिका सभापतिको निर्वाचनको मिति र समय तोक्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति: ०८:४१ बजे, सोमबार, साउन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्