Kathmandu Press

आगामी चुनावका लागि पहिलो दिन ६ दल दर्ता

काठमाडौं, साउन २३ : आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पहिलो दिन ६ पार्टी दर्ता भएका छन्।सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र...
आगामी चुनावका लागि पहिलो दिन ६ दल दर्ता

काठमाडौं, साउन २३ : आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पहिलो दिन ६ पार्टी दर्ता भएका छन्।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको घोषणा गरेको छ। त्यसका लागि निर्वाचन आयोगले आइतबारदेखि दल दर्ता गर्न शुरु गरेको छ।

पहिलो दिन ६ वटा दल दर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। अहिले निर्वाचन आयोगमा एक सय १६ दल दर्ता छन्।

उनका अनुसार नेपाल जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी र जनता प्रगतिशील पार्टीले दर्ताका लागि निवेदन दिएका छन्।

निर्वाचन आयोगले साउन ३१ गतेसम्म दल दर्ता गर्ने समय तोकेको छ। निर्वाचन प्रयोजनका लागि संघ र प्रदेशमा छुट्टाछुट्टै निवेदन दिनुपर्नेछ।

प्रदेशमा चुनाव लड्ने दलले प्रदेशका लागि मात्रै र संघको चुनाव लड्ने दलले संघका लागि दर्ता गराउनुपर्नेछ। त्यस्तै, प्रत्येक प्रदेशका लागि पनि छुट्टाछुट्दै निवेदन दिनुपर्ने प्रवक्ता पौडेलले जानकारी दिए।

प्रकाशित मिति: ०८:२६ बजे, सोमबार, साउन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्