Kathmandu Press

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ बाट सञ्चालन हुने

काठमाडौं, साउन २३ : सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ अर्थात पुस १७ गतेबाट सञ्चालन गर्ने भएको छ।नेपाल नागरिक उड्डयन प्राधिकरणको...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ बाट सञ्चालन हुने

काठमाडौं, साउन २३ : सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ अर्थात पुस १७ गतेबाट सञ्चालन गर्ने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिको बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सन् २०२३ जनवरी १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

प्रवक्ता निरौलाका अनुसार पोखरा विमानस्थलमा आगामी अक्टोबरमा क्यालिब्रेसन फ्लाइट हुनेछ। झण्डै २२ अर्ब रुपैँया लागतमा निर्माण भएको विमानस्थलको ९८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल दुई सय हेक्टर क्षेत्रफलमा निर्माण भएको छ। विमानस्थल निर्माण भएसँगै मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा अन्तर्राष्ट्रियस्तरसँग सिधा जोडिनेछ।

प्रकाशित मिति: ०६:५५ बजे, सोमबार, साउन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्