घरमै हार्यो युनाइटेड, लेस्टर रोकियो
काठमाडाैं, साउन २२ : केही वर्ष यता खराब लयबाट गुज्रिरहेको म्यान्चेस्टर युनाइटेडले नयाँ पिसजनको सुरुआत पनि खराब रुपमा गरेको छ। लिगको पहिलो खेलमा...
काठमाडाैं, साउन २२ : केही वर्ष यता खराब लयबाट गुज्रिरहेको म्यान्चेस्टर युनाइटेडले नयाँ पिसजनको सुरुआत पनि खराब रुपमा गरेको छ। लिगको पहिलो खेलमा म्यान्चेस्टर युनाइटेड घरमै २–१ले पराजित भएको छ।
शनिबार घरेलु मैदान ओल्र्ड ट्राफोर्डमा युनाइटेड ब्राइटनसँग २–१ले पराजित भएको हो। ब्राइटनलाई जित दिलाउने क्रममा दुवै गोल पार्सल ग्रोबले गरे। युनाइटेडले भने गोल उपहार पाएको थियो।
पहिलो हाफमा ९ मिनेट अन्तरमा ग्रोबले ब्राइटनलाई २–०को अग्रता दिलाएका थिए। उनले ३० र ३९औं मिनेटमा गोल गरेका थिए।
पहिलो हाफमा २–०ले पछि परेको युनाइटेड दोस्रो हाफको सुरुआतमै रोनाल्डोलाई मैदान प्रवेश गराएपछि खेलमा पकठ बनाएको थियो। मार्कस रास्फोर्डले दुई सुन्दर अवसर खेर फाल्दा युनाइटेडले बराबरी गर्न अवसर गुमायो।
६८औं मिनेटमा कर्नरबाट आएको बल बचाउन क्रममा ब्राइटन एलेक्सिस म्याक एलिस्टरले आफ्नै पोस्टमा गोल गरेपछि युनाइटेडको आशा जागेको थियो। तर, त्यसपछि गोल नहुँदा युनाइटेड पराजित भयो।
ओल्र्ड ट्राफोर्डमा ब्राइटनको यो पहिलो जित हो। ओल्र्ड ट्राफोर्डमा यसअघि भएका १४ खेल मध्ये २ बराबरी हुँदा १२ खेलमा ब्राइटन पराजित थियो।
यस्तै, प्रिमियर लिगकै अर्को खेलमा लेस्टर सिटी र ब्रेन्टफोर्डले बरारबी खेलेका छन्। ब्रेन्टफोर्डले २ गोलले पछि परेको अवस्था उल्टाउँदै लेस्टरसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।











