Kathmandu Press

दोस्रो संस्करणको पिपीएल क्रिकेट असोजमा

बैतडी, साउन २२ : दोस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपीएल) क्रिकेट प्रतियोगिता आगामी असोजमा हुने भएको छ। आयोजक पाटन क्रिकेट क्लबले आइतबार बैतडीको...
दोस्रो संस्करणको पिपीएल क्रिकेट असोजमा

बैतडी, साउन २२ : दोस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपीएल) क्रिकेट प्रतियोगिता आगामी असोजमा हुने भएको छ। आयोजक पाटन क्रिकेट क्लबले आइतबार बैतडीको पाटनमा पत्रकार सम्मेलनको आयोजना गरी असोज १ गतेदेखि दोस्रो पिपीएल खुला पुरुष टी–२० क्रिकेट प्रतियोगिता हुने जानकारी गराएको हो।

प्रतियोगितामा विजेता टिमलाई रु एक लाख ११ हजार एक सय ११ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ। द्वितीय हुनेलाई रु ५५ हजार पाँच सय ५५ नगदसहित प्रमाणपत्र प्रदान गरिने छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई म्यान अफ द सिरिज पुरुस्कारस्वरूप रु ११ हजार एक सय ११ नगतसहित प्रमाणपत्र प्रदान गरिने पाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले बताए।

बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई जनही पाँच हजार पाँच सय ५५ सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। उदीयमान खेलाडीलाई एक हजार एक सय ११ र प्रत्येक खेलमा म्यान अफ द म्याच खेलाडी घोषणा गरी ५ सय ५५ रुपैयाँसहित ट्रफी प्रदान गरिने छ।

देशभरका जुनसुकै टोलीले पनि सहभागिता जनाउन सक्नेछन्। प्रतियोगितामा सहभागिता जनाउन भदौ ३० गतेसम्म टिम दर्ता गर्नुपर्ने छ। टिम दर्ताका लागि दर्ता शुल्क रु ११ हजार एक सय ११ तोकिएको छ। पाटन नगरपालिका–६ मा रहेको कृष्ण माविको खेलमैदानमा हुने राउण्ड रोबिन लिगमा खेलाइने खेलमा लिग चरणका खेल १५ ओभरमा खेलाइने छ भने क्वार्टरफाइनलपछिका खेल २० ओभरमा खेलाइने जनाइएको छ। प्रतियोगितालाई बैतडी युवा समाज र पाटन स्टार युवा क्लबले सहकार्य गरेका छन्।

प्रकाशित मिति: २०:४४ बजे, आइतबार, साउन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्