Kathmandu Press

चुनावी तालमेलबारे प्रधानमन्त्रीसँग लोसपा नेताहरुको छलफल 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ आगामी आम निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने र पार्टी सरकारमा सहभागी हुने सम्बन्धमा छलफल भएको बताईएको छ ।
चुनावी तालमेलबारे प्रधानमन्त्रीसँग लोसपा नेताहरुको छलफल 

काठमाडौं, साउन २२ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपां का नेताहरूबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ आगामी आम निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने र पार्टी सरकारमा सहभागी हुने सम्बन्धमा छलफल भएको बताईएको छ ।

प्रधानमन्त्री देउवाले नागरिकतासम्बन्धी विधेयक पारित भइसकेको र लोसपाका कार्यकर्ताहरूको रिहाइको मुद्दा फिर्ताका लागि प्रक्रिया अघि बढिसकेको जानकारी गराउँदै लोसपासँग सहकार्यका लागि सकारात्मक भएको लोसपाका नेताहरुले बताएका छन् । पाँचदलीय गठबन्धनमा लोसपा पनि सहभागी हुने तथा सरकारमा सहभागी हुने विषयमा पनि सकारात्मक कुराकानी बुझिएको छ ।

 भेटमा प्रधानमन्त्रीसहित सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्णलगायतको सहभागी थिए ।

प्रकाशित मिति: २०:३९ बजे, आइतबार, साउन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्