पहिलो दिनमा आयोगमा दर्ता भए ५ दल
काठमाडौं, साउन २२ : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा ५ वटा राजनीतिक दल...
काठमाडौं, साउन २२ : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा ५ वटा राजनीतिक दल दर्ता भएका छन् ।
पहिलो नम्बरमा सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको छ । दोश्रो नम्बरमा मौलिक जरोकिलो पार्टी दर्ता भएको छ । यसैगरी क्रमशः नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी र पुनर्जागरण पार्टी नेपाल दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले बताए ।
सरकारले निर्वाचनको घोषणा गरेपछि आयोगले आइतबारदेखि आगामी चुनावमा भाग लिने प्रयोजनका लागि दल दर्ताको काम थालेको हो ।
प्रकाशित मिति: १९:१९ बजे, आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेला [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1786699130.jpg)

