अख्तियारले दायर गर्यो अदानचुली गाउँपालिका निमित्त कार्यकारीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, साउन २२ : हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टंकदत्त प्याकुरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्याकुरेलविरुद्ध विशेष...
काठमाडौं, साउन २२ : हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टंकदत्त प्याकुरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्याकुरेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
सडक निर्माणमा वास्तविक कामभन्दा बढी र झुठा बिल बनाएर भुक्तानी गरेको भन्दै अख्तियारले निमित्त कार्यकारी अधिकृति प्याकुरेलसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। गाउँपापिलकाको वडा नं. १ थलान्नादेखि कल्खेसम्म र वडा नं. ४ को लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा उनीहरुले भ्रष्टाचार गरेको ठहर अख्तियारको छ।
अख्तियारले प्याकुरेलसँगै इन्जिनियर मकरध्वज शाही, असिस्टेन्ट सब–इन्जिनियर विनोद थापा र ठेकेदार गणेश भण्डारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
झुठा बिल बनाएर उनीहरुले २१ लाख ४७ हजार ४९२ रुपैयाँ ७३ पैसा बढी भुक्तानी गरेको दाबी अख्तियारको छ। अख्तियारले उनीहरुलाई ३ महिनादेखि ३ वर्षसम्म कैद र विगो बराबरको जरिवाना असुल गर्न माग गरेको छ।









![नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेला [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1786699130.jpg)

