चोलेन्द्रविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो
आइतबार महाभियोग प्रस्तावबारे प्रतिनिधि सभामा छलफल गरेपछि सभामुख अग्नि प्रसाद सापकोटाले राखेको सिफारिस समितिमा पठाउने प्रस्तावलाई बहुमतले पास गरेको हो ।
काठमाडौं, साउन २२ : चोलेन्द्र शमसेर जबराविरुद्ध प्रतिनिधि सभामा दर्ता भएको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइएको छ ।
आइतबार महाभियोग प्रस्तावबारे प्रतिनिधि सभामा छलफल गरेपछि सभामुख अग्नि प्रसाद सापकोटाले राखेको सिफारिस समितिमा पठाउने प्रस्तावलाई बहुमतले पास गरेको हो ।
जबराविरुद्ध १ फागुनमा महाअभियोग दर्ता भएको थियो। नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङको नेतृत्वमा ९८ सांसदहरुले जबराविरुद्ध महाभियोग दर्ता गरेसँगै उनी निलम्बनमा परेका थिए।
अब समितिले ३ महिनाभित्र जबरामाथि लागेको आरोपमा छानबिन गरेर प्रतिवेदन बुझाउनुपर्ने छ।
प्रकाशित मिति: १६:२८ बजे, आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेला [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1786699130.jpg)