Kathmandu Press

उपत्यकामा पुनः अगाडि बढाइयो ‘नो हर्न’ कार्यक्रम

काठमाडौं, साउन २२ : काठमाडौं उपत्यकामा ‘नो हर्न’ कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडि बढाइएको छ।समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नो हर्न...
उपत्यकामा पुनः अगाडि बढाइयो ‘नो हर्न’ कार्यक्रम

काठमाडौं, साउन २२ : काठमाडौं उपत्यकामा ‘नो हर्न’ कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडि बढाइएको छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नो हर्न अभियानलाई अघि बढाएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले नो हर्न लेखिएको पहेँलो स्टिकर एकअर्काको सवारीसाधनमा टाँसेर कार्यक्रमको समुद्घाटन गरेका थिए।

नो हर्न अभियान सफल बनाउनका साथै सडक प्रयोगकर्ताहरुमा सचेतना फैलाउनका लागि पद्मकन्या बहुमुखी क्याम्पसका एक सय जना विद्यार्थीहरू १५ दिनका लागि ट्राफिक प्रहरीसँगै सडकमा खटिएका छन्।

हर्नले ध्वनी प्रदुषण मात्र नभई व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले नो हर्न कार्यक्रमलाई निरन्तरता दिनका लागि यो कार्यक्रम पुनः सुरु गरिएको काठमाडौँ महानगर प्रमुख बालेन्द्र साहले बताए।

काठमाडौं उपत्यकामा ध्वनी प्रदुषण नियन्त्रणका लागि २०७४ साल वैशाख १ गतेबाट नो हर्न लागु गरिएको थियो। जसअनुसार अत्यावश्यक पर्दा बाहेक अन्य अवस्थामा हर्न बजाउन निषेध गरिएको छ। 

प्रकाशित मिति: १४:४९ बजे, आइतबार, साउन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्