प्रतिनिधिसभामा दुई प्रतिवेदन पेस
काठमाडाैं, साउन २२ : प्रतिनिधिसभाको बैठकमा ‘पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश भएको छ।आइतबार बसेको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक...
काठमाडाैं, साउन २२ : प्रतिनिधिसभाको बैठकमा ‘पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश भएको छ।
आइतबार बसेको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले उक्त प्रतिवेदन पेस गरेकी हुन्।
प्रतिवेदन पेस गर्दै सभापति सुवेदीले समितिका नौवटा बैठकमा छलफल गरी सर्वसम्मतरुपमा उक्त प्रतिवेदन तयार पारी सदनमा पेश गरिएको जानकारी दिइन्। उक्त विधेयकमाथि कार्यदल गठन गरीसमेत छलफल भएको उनको भनाइ छ।
यस्तै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाकातर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदन, २०७९ पेश गर्नुभएको थियो।
बैठकमा उपसभामुख पुष्पा भुसाल गौतमले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाएकी थिइन्।









![नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेला [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1786699130.jpg)

