Kathmandu Press

महामारीले समस्यामा परेकाे पर्यटन क्षेत्रको पुनरुत्थान गर्न सरकार क्रियाशील : मन्त्री श्रेष्ठ

काठमाडाैं, साउन २२ : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले कोरोना महामारीले समस्यामा परेका पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले काम गरिरहेको...
महामारीले समस्यामा परेकाे पर्यटन क्षेत्रको पुनरुत्थान गर्न सरकार क्रियाशील : मन्त्री श्रेष्ठ

काठमाडाैं, साउन २२ : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले कोरोना महामारीले समस्यामा परेका पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले काम गरिरहेको बताएका छन्।

आइतबार सिंहदरबारमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान र काठमाडौँ विश्वविद्यालयबीच होटल व्यवस्थापन अध्यापन गराउने बिषयमा सम्झौता हस्ताक्षर कार्यक्रममा मन्त्री श्रेष्टले पर्यटन पुनरूत्थानका लागि सरकारले सार्वजनिक गरेको कार्ययोजनालाई कार्यान्वयन गराई समस्यमा परेका पर्यटन क्षेत्रलाई पूर्ववत रुपमा फर्काउने गरि काम गरिरहेको बताएका हुन्।

उनले पर्यटन क्षेत्रको विकासका लागि सरकारले अघि सारेको कार्ययोजनालाई सबै मिलेर कार्यान्वय गर्न सके नेपालमा अपेक्षित भन्दा धेरै पर्यटक भित्रने दाबी गरे।

सरकारले अपेक्षा गरेको पर्यटनहरुमात्रै नेपाल भित्रिए स्वदेशमा जनशक्तिको समेत अभाव हुने उनको भनाइ छ। उनले बागमतीबाहेकका ६ वटा प्रदेशमा प्रतिष्ठान विस्तार गरेर पर्यटन तथा होटल व्यवस्थापन शिक्षा प्रदान गर्नेगरी काम अघि बढिरहेको जानकारी दिए।

काठमाडौँ विश्वविद्यालय र प्रतिष्ठानबीच ६ वटा प्रदेशमा होटल व्यवस्थापन पढाई गर्ने गरी १० वर्षका लागि सम्झौता भएको हो।

प्रकाशित मिति: १४:४० बजे, आइतबार, साउन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्