Kathmandu Press

गभर्नरको राजीनामा माग्दै बालुवाटारमा प्रदर्शन गर्ने नेविसंघका विद्यार्थी पक्राउ

काठमाडाैं, साउन २२ : गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा प्रदर्शन गर्ने नेविसंघ आबद्ध विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।गभर्नर अधिकारीको राजीनामा माग...
गभर्नरको राजीनामा माग्दै बालुवाटारमा प्रदर्शन गर्ने नेविसंघका विद्यार्थी पक्राउ

काठमाडाैं, साउन २२ : गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा प्रदर्शन गर्ने नेविसंघ आबद्ध विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गभर्नर अधिकारीको राजीनामा माग गर्दै बालुवाटारस्थित राष्ट्र बैंकअगाडि कालो झण्डा देखाएर प्रदर्शन गर्न खोज्ने विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

गभर्नर अधिकारी एमालेको अर्थ विभागमा रहेको र राजनीतिक संलग्नता भएको व्यक्ति गभर्नर हुन नसक्ने भन्दै उनीहरुले प्रदर्शन गर्न खोजेका थिए।

प्रदर्शनकारीले एम अधिकारी राजीनामा दे, नालायक गभर्नर मुर्दावादलगाएतका नारा लगाएका थिए। 

 

प्रकाशित मिति: १४:३४ बजे, आइतबार, साउन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्