Kathmandu Press

कामचलाउमा रुपान्तरित सरकारले संसदमा नयाँ बिजनेस ल्याउन मिलदैन : ज्ञवाली

काठमाडाैं, साउन २२ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचनको मिति घोषणा भएसँगै कामचलाउमा रुपान्तरित भएको सरकारले संसदमा नयाँ बिजनेस ल्याउन नमिल्ने जनाएको छ।प्रतिनिधिसभाको...
कामचलाउमा रुपान्तरित सरकारले संसदमा नयाँ बिजनेस ल्याउन मिलदैन : ज्ञवाली

काठमाडाैं, साउन २२ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचनको मिति घोषणा भएसँगै कामचलाउमा रुपान्तरित भएको सरकारले संसदमा नयाँ बिजनेस ल्याउन नमिल्ने जनाएको छ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकको विशेष समयमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार कामचलाउ भएको र नियमित सरकारले जस्तो सदनमा बिजनेस ल्याउन नमिल्ने बताएका हुन्।

उनले कामचलाउन सरकारले कुनै पनि नयाँ विधेयक दर्तासमेत गर्न नमिल्ने जिकिर गरे। उनले गठबन्धन सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गरेर मुलुकको अवस्था अस्तव्यस्त पारेको पनि बताए।

ज्ञवालीले पाँच महिना संसदमा अड्काएर राखेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धका महाभियोग सदनको बिजनेस सकिने अघि बढाउनु उचित नभएको धारणा राखे।

त्यस्तै उनले ताइवान मामिलामा धारणा सार्वजनिक गर्न र सरकारले अवलम्बन गरेको एक चीन नीतिको पक्षमा दृढतापूर्वक उभिन पनि आग्रह गरे। उनले छिमेकीका संवेदनशीलतामाथि नेपालले खेलबाड गर्न नहुने बताए। 

प्रकाशित मिति: १४:०३ बजे, आइतबार, साउन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्