Kathmandu Press

‘जबरालाई दोषी करार गरी पदमुक्त गर्न महाभियोग कि अभीष्ट पूरा गर्न ?’

प्रतिनिधि सभामा आइतबारदेखि सुरु भएको महाभियोगबारेको छलफलमा बोल्दै सांसद अधिकारीले संसदमा दर्ता भएको पाँच महिनापछि मात्रै महाभियोगबारे छलफल गरिनुले गम्भीर प्रश्न उठाएको बताएका हुन् ।
‘जबरालाई दोषी करार गरी पदमुक्त गर्न महाभियोग कि अभीष्ट पूरा गर्न ?’

काठमाडौं, साउन २२ : नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद तथा पूर्वमन्त्री खगराज अधिकारीले चोलेन्द्र शमसेर जबराविरुद्ध संसदमा दर्ता भएको महाभियोगको उद्धेश्यबारे प्रश्न गरेका छन् ।
 
प्रतिनिधि सभामा आइतबारदेखि सुरु भएको महाभियोगबारेको छलफलमा बोल्दै सांसद अधिकारीले संसदमा दर्ता भएको पाँच महिनापछि मात्रै महाभियोगबारे छलफल गरिनुले गम्भीर प्रश्न उठाएको बताएका हुन् ।
 
उनले प्रमुख प्रतिपक्षी दलले लगातार महाभियोगबारे छलफल गर्न माग गरेपनि सुनुवाई नभएको बताए । महाभियोग दर्ता भएको तीन महिनाभित्र छिनोफानो भइसक्नुपर्नेमा निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा मात्र छलफल सुरु गरिनुले सरकार र संसदमाथि गम्भीर प्रश्न उठेको बताए  ।

उनले अभियुक्त हो भन्न नसकेर सरकारले विना प्रमाणका आधारमा अभियोजन गरिएको हुनसक्ने शंका समेत व्यक्त गरे । ‘दोषी करार गरेर मुक्त गर्न खोजेका हौं कि अभिष्ट पूरा गर्न दर्ता गरेका हौं, प्रश्न चिह्न खडा भएको छ,’ उनले भने । 

सांसद अधिकारीले अगाडि भने, ‘यस्तो अपरिपक्वता संसदले व्यहोर्नु हुँदैन । समयमै सक्ने सामथ्र्य प्रतिनिधि सभामा छ । रित पुर्याए भनेर मात्रै काम गर्नु हाम्रो अयोग्यताको पराकाष्ठा हो । यस्तो नजिर नबसोस् ।’

प्रकाशित मिति: १३:३१ बजे, आइतबार, साउन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्