Kathmandu Press

कांग्रेस नेता निधि र मध्यप्रदेशका मुख्यमन्त्री चौहानबीच भेटवार्ता

काठमाडौं, साउन २२ :  भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र भारतको मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानबीच भेटघाट भएको छ। मध्यप्रदेशको राजधानी भोपालस्थित मुख्यमन्त्रीको...
कांग्रेस नेता निधि र मध्यप्रदेशका मुख्यमन्त्री चौहानबीच भेटवार्ता

काठमाडौं, साउन २२ :  भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र भारतको मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानबीच भेटघाट भएको छ। 

मध्यप्रदेशको राजधानी भोपालस्थित मुख्यमन्त्रीको कार्यालय बल्लभ भवनमा भएको भेटमा दुई देशबीचको धार्मिक, सांस्कृतिक, पर्यटन एवं आर्थिक विकासको सहयोगका विषयमा कुराकानी भएको थियो।

१६ वर्षदेखि मध्यप्रदेशको मुख्यमन्त्री रहेका चौहानलाई कांग्रेस नेता निधिले नेपालको काठमाडौं, जनकपुर र लुम्बिनी भ्रमणको निम्तो दिएका छन्। जवाफमा उनले निकट भविष्यमै नेपाल भ्रमण गर्ने बताएको पूर्वउपसभापति निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए।

नेता निधि र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का महामन्त्री दत्तात्रेय होसबोलेबीच पनि भेटघाट भएको छ। मध्यप्रदेशको राजधानी भोपालको साकेत नगरस्थित वैद्य प्रदीप त्रिपाठीको निवासमा भएको एक घण्टा लामो भेटमा नेता निधि र होसबोलेबीच अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने विषयमा कुराकानी भएको थियो। 

महामन्त्री होसबोले सत्तारुढ भारतीय जनता पार्टीको भ्रातृ संगठन अखिल भारतीय विद्यार्थी परिषद्को महामन्त्री भएर काम गरिसकेका छन्। इन्दिरा गान्धीको शासनकालमा भारतमा संकटकाल जारी हुँदा उनी १६ महिना जेल बसेका थिए।

प्रकाशित मिति: १३:०० बजे, आइतबार, साउन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्