वातावरण र गाउँठाउँ हरित बनाउन मन्त्री यादवको आग्रह
काठमाडाैं, साउन २२ : वन तथा वातावरणमन्त्री प्रदीप यादवले वृक्षरोपण गरेर वातावरण र आफ्नो गाउँठाउँ हरित बनाउन आग्रह गर्नुभएको छ। आज पर्सा जिल्लाको वीरगञ्ज...
पर्सा, साउन २२ : वन तथा वातावरणमन्त्री प्रदीप यादवले वृक्षरोपण गरेर वातावरण र आफ्नो गाउँठाउँ हरित बनाउन आग्रह गरेका छन्।
आज पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका-१० स्थित बालमन्दिर प्राङ्गणमा ‘राउण्ड टेबल नेपाल’द्वारा आयोजित वृक्षरोपणमा मन्त्री यादवले वृक्षरोपण गरेर वातावरण र आफ्नो गाउँठाउँ हरित बनाउनुपर्ने बताए।
उनले भने, 'वृक्षरोपण सबैको साझा अभियान हुनुपर्छ, वृक्षरोपण गरेर आफ्नो गाउँठाउँ हरियाली बनाउन म आग्रह गर्दछु।'
यसैगरी मन्त्री यादवले राउन्ड टेबल नेपाल संस्थाका युवाको कामको प्रशंसा गर्दै भने, 'वनजङ्गल जोगाउन तथा हरियाली बनाउनमा युवाको भूमिका उल्लेख्य छ, युवा अग्रसर भए मात्र हाम्रो देश पनि हरियाली हुनेछ र जंगल जोगिनेछ।'
उक्त कार्यक्रममा मन्त्री यादवसहित वीरगञ्ज महानगरपालिकाका राजेशमान सिंहलगायतले वृक्षरोपण गरेको मन्त्री यादवका प्रेस संयोजक विमलबहादुर विष्टले जानकारी दिए।










![नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेला [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1786699130.jpg)
