‘स्थानीय निर्वाचनमा महिलाको अधिकार हरण भयो, संघीय निर्वाचनमा नहोस्’
काठमाडौं, साउन २२ : नेकपा एमालेकी सांसद बिन्दा पाण्डेले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा संविधानसम्मत महिला सहभागिता हुनुपर्ने माग गरेकी छन्।आइतबारको प्रतिनिधि...
काठमाडौं, साउन २२ : नेकपा एमालेकी सांसद बिन्दा पाण्डेले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा संविधानसम्मत महिला सहभागिता हुनुपर्ने माग गरेकी छन्।
आइतबारको प्रतिनिधि सभाको शून्य समयमा बोल्ने क्रममा सांसद पाण्डेले विभिन्न बहानामा स्थानीय निर्वाचनमा १६३ पालिकामा महिलाको कार्यकारी पद हरण गरिएको बताइन् । उनले संघीय निर्वाचनमा त्यस्तै भए कदापी मान्य नहुने बताएकी छन् ।
पाण्डेले आम निर्वाचनमा महिलाको सहभागिता सुनिश्चित गर्न निर्वाचन सम्बन्धी कानुनलाई संविधानसम्मत संसोधन गर्नुपर्ने बताइन् । त्यसका लागि संसद सचिवालयमा जेठ १८ गते ध्यानाकर्षण र साउन १६ गते जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएपनि संसद बैठकको कार्यसूचीमा नपरेकोमा असन्तुष्टि व्यक्त गरिन् ।
‘सरकार फेरिपनि संवैधानिक प्रावधान मिचेर जाने सोचमा छ भने त्यो कदापी मान्य हुनेछैन,’ उनले भनिन् । उनले उक्त प्रस्तावहरुमाथि यथाशिघ्र छलफल गराउन समाभुखमार्फत पहल होस भन्ने माग गरिन्।











![नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेला [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1786699130.jpg)