Kathmandu Press

जापान भ्रमणमा रहेका प्रचण्डले गरे हिरोसिमा सहरको संग्रहालय अवलोकन 

काठमाडौं, साउन २२ : पाँच दिने जापान भ्रमणमा रहेका नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिरोसिमा सहरको संग्रहालय अवलोकन गरेका छन् । आइतबार...
जापान भ्रमणमा रहेका प्रचण्डले गरे हिरोसिमा सहरको संग्रहालय अवलोकन 

काठमाडौं, साउन २२ : पाँच दिने जापान भ्रमणमा रहेका नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिरोसिमा सहरको संग्रहालय अवलोकन गरेका छन् । आइतबार बिहान भ्रमण टोलीसहित प्रचण्ड हिरोसिमाको संग्रहालय पुगेका हुन्। 

दोस्रो विश्वयुद्धमा अमेरिकाले  जापानका दुई सहर सहर हिरोसिमा र नागासाकीमा परमाणु बम खसालेको थियो। अमेरिकी आक्रमणबाट तत्कालीन समयमा कम्तिमा  ७४ हजार जापानीको मृत्यु भएको विवरण भेटिन्छ। 


 
जापान भ्रमणको लागि माओवादी अध्यक्ष प्रचण्ड यही साउन २० गते त्यसतर्फ प्रस्थान गरेका थिए। उनीसँग छोरी गंगा दाहाल, स्वकीय सचिव रमेश मल्ल, सचिवालयका एकजना सदस्य सूर्यकिरण शर्मा लगायत छन् ।

प्रकाशित मिति: १०:२१ बजे, आइतबार, साउन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्