प्रधानन्यायाधीशविरुद्धको महाअभियोगमाथि आज छलफल
काठमाडौं, साउन २२ : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि आज प्रतिनिधि सभामा छलफल हुने भएको छ।प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे...
काठमाडौं, साउन २२ : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि आज प्रतिनिधि सभामा छलफल हुने भएको छ।
प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ। बैठकको सम्भावित कार्यसूचीमा प्रधानन्यायाधीश जबराविरद्धको महाअभियोग प्रस्तावमाथिका छलफल पनि रहेको छ।
प्रधानन्यायाधीश जबराविरुद्ध गत फागुन १ गते प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव दर्ता गरिएको थियो। महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा स्वतः निलम्बनमा परेका छन्।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का ९५ जना सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। त्यसलाई सांसद देव गुरुङले फागुन २८ गते प्रतिनिधि सभामा पेश गरेका थिए।
त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग सिफारिश समिति गठन गरेका थिए। त्यसयता महाअभियोग प्रस्तावमाथि छलफल हुन सकेको थिएन।
संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीमा महाअभियोग प्रस्तावमाथि छलफल पनि उल्लेख छ।











![नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेला [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1786699130.jpg)