Kathmandu Press

संघ र प्रदेशको चुनावका लागि आजबाट दल दर्ता

काठमाडौं, साउन २२ : प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि निर्वाचन आयोगले आजबाट दल दर्ता शुरु गर्ने भएको छ।सरकारले प्रतिनिधि सभा र...
संघ र प्रदेशको चुनावका लागि आजबाट दल दर्ता

काठमाडौं, साउन २२ : प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि निर्वाचन आयोगले आजबाट दल दर्ता शुरु गर्ने भएको छ।

सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चिर्वाचन मंसिर ४ गते घोषणा गरेको छ। सरकारले मिति घोषणा गरेसँगै आजबाट दल दर्ता गराउन आयोगले आह्वान गरेको छ।

आजदेखि साउन ३१ गतेसम्म दल दर्ता गर्न सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। आयोगमा दर्ता भएका दलले मात्रै निर्वाचनमा भाग लिन पाउनेछन्।

दल दर्ताका लागि निवेदन दिँदा दलको विवरण, केन्द्रीय समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पनि पेश गर्नुपर्नेछ। त्यस्तै, प्रतिनिधि सभा र प्रदेश सभाका लागि छुट्टाछुट्दै दल दर्ताको निवेदन दिनुपर्नेछ।

 

प्रकाशित मिति: ०६:४५ बजे, आइतबार, साउन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्