Kathmandu Press

प्रिमियर लिगमा रोकियो लिभरपुल

काठमाडाैं, साउन २१ : योर्गेन क्लोपको टिम लिभरपुल इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा बराबरीमा रोकिएको छ। शनिबार भएको खेलमा लिभरपुल यसै सिजन शीर्ष...
प्रिमियर लिगमा रोकियो लिभरपुल

काठमाडाैं, साउन २१ : योर्गेन क्लोपको टिम लिभरपुल इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा बराबरीमा रोकिएको छ। शनिबार भएको खेलमा लिभरपुल यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको फुलहमसँग २–२ गोलको बराबरीमा रोकिएको हो।

घरेलु मैदान कार्भेन कटेजमा २ पटकको अग्रता जोगाउन नसक्दा फुलहम अंक बाँड्न बाध्य भयो। उसका लागि दुवै गोल भेट्रान स्ट्राइकर अलेक्जेन्डर मेट्रोभिचले गरे। यता, लिभरपुलका लागि डार्विन नुनेज र मोहम्मद सलाहले गोल गरे।

घरेलु मैदानमा ३२औं मिनेटमा फुलहमले अग्रता लियो। केनी टेटेको पासमा मेट्रोभिचले गोल गर्दै फुलहमलाई अग्रता दिलाए। पहिलो हाफ १–०मै सकियो।

दोस्रो हाफको सुरुआतमै २ खेलाडी परिवर्तन गर्दै लिभरपुलले आक्रामक रणनीति अपनायो। फलस्वरुप ६०औं मिनेटमा लिभरपुलले बराबरी गोल फर्कायो। सलाहको पासमा नुनेजले फ्लिक गर्दै बराबरी गोल गरेका थिए। यसैसिजन लिभरपुल आएका नुनेज डेब्यूमै प्रिमियर लिगमा गोल गर्न सफल भए।

७२औं मिनेटमा फुलहमले पुनः अग्रता लियो। यो पटक पनि गोल मेट्रोभिचले नै गरे। लिभरपुलका भिर्गिन भान डाइकले मेट्रोभिचले डिबक्समा लडाएपछि प्राप्त पेनाल्टीमा उनले गोल गरेका थिए। ८०औं मिनेटमा लिभरपुलले बराबरी गोल फार्कायो। यो पटक नुनेजको पासमा सलाहले गोल गरे।

यो बराबरीसँगै फुलहमले प्रिमियर लिगमा बढुवा भएको सिजनको पहिलो खेलमा पहिलो पटक हारबाट जोगियो। यसअघि उ पाँच पटक पहिलो सिजनको पहिलो खेलमा पराजित भएको थियो। यस्तै, फुलहम लिभरपुलविरुद्ध लगातार तीन खेलमा पराजित छ। त्यसअघि लिभरपुल लगातार ६ खेलमा विजयी भएको थियो।

यस्तै, लिभरलले प्रिमियर लिगको अपराजित यात्रालाई २० खेलसम्म लम्ब्याएको छ। लिभरपुल गत डिसेम्बरमा लेस्टर सिटीसँग १–०ले पराजित भए यता अपराजित छ। यस्तै, लिभरपुल प्रिमियर लिगमा लगातार १० सिजन पहिलो खेलमा अपराजित छ। उसले ८ जित र २ बराबरी खेलेको छ।

प्रकाशित मिति: १९:३७ बजे, शनिबार, साउन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्