Kathmandu Press

ठूला पार्टीका नेताले भष्ट्रचारीलाई संरक्षण गरेकाे छ : अध्यक्ष लामिछाने

काठमाडाैं, साउन २१ : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला पार्टीका नेताहरुले भष्ट्रचारीलाई संरक्षण गरेको आरोप लगाएका छन।राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी भेलालाई...
ठूला पार्टीका नेताले भष्ट्रचारीलाई संरक्षण गरेकाे छ : अध्यक्ष लामिछाने

काठमाडाैं, साउन २१ : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला पार्टीका नेताहरुले भष्ट्रचारीलाई संरक्षण गरेको आरोप लगाएका छन।

राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष लामिछानेले देशका ठूला दलका नेता र मन्त्रीहरु नै भष्ट्रचारमा लिप्त भएको भन्दै अब देशको ढुकुटी रोक्न पनि नेपाली जनताले आगामी चुनावमा ठूला दलहरुलाई पाखा लगाउनुपर्ने बताए। उनले ठूला पार्टीहरूले नेपाली जनतालाई आश्वासन मात्र बाडेँर सत्तामा पुगेपछि देशको ढुकुटी सकेको आरोप लगाए। लामिछानेले ठूला दलका नेताहरुले नेपाली जनताले गर्व गर्न लायक काम एउटा पनि नगरेकोमा खेद प्रकट गर्दै ठूला दलका नेताहरुलाई आउँदो मंसिर ४ को चुनावमा जनतासँग भोट माग्ने नैतिकता नभएको बताए।

अध्यक्ष लामिछानेले आफुहरु २४ सैं घण्टा नागरिकको समस्या सुन्ने वातावरण बनाउने तयारीमा लागेको बताउँदै भ्रष्टाचारलाई न्युनिकरण गर्न, जनताको असली शासन व्यवस्था ल्याउन आफु राजनीतिमा आएको जानकारी दिए। उनले विदेशमा रहेका नेपालीहरूलाई समेत भोट हाल्ने अधिकार दिनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १८:४० बजे, शनिबार, साउन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्