Kathmandu Press

एमाले ढाल्न प्रचण्ड र नेपाल कांग्रेसको बिँड बने : ओली

काठमाडाैं, साउन २१ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार...
एमाले ढाल्न प्रचण्ड र नेपाल कांग्रेसको बिँड बने : ओली

काठमाडाैं, साउन २१ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेससँग मिलेकाे भन्दै कथा सुनाएका छन। कथामा उनले प्रचण्ड र नेपाललाई बन्चरोको बिँड बनेको टिप्पणी गरेका छन्।

उनले रुख ढाल्ने बन्चरोको बिँड रुखकै काठ प्रयोग हुँदा रुख धुरुधुरु रोएको एउटा कथा सुनाए :

बञ्चरो लिएर एउटा रुख ढाल्न थालेछन् एक जनाले, वरतिर परतिरका रुख रुन थालेछन्। अरु रुखले सोधे ‘आखिर ढल्नु त छदैँछ, मर्नु त छदैछ,…कसैले काट्यो ढल्नुपर्‍यो भनेर किन आशु खसालेको ?’ देख्ने रुखहरुले भने, ‘बन्चरोले काट्यो ठूलो कुरा भएन, तर हामीलाई काट्ने वञ्चरोको बिड काठकै छ, त्यो चाहिँ दुखको कुरा हो।’

शनिबार विराटनगरमा आयोजित कार्यक्रममा उनले कांग्रेसलाई विगतमा २३ सिटमा खुम्च्याइदिएर कम्युनिस्टलाई ठाडो शीर गरेर हेर्न नसक्ने बनाइदिएको तर अहिले कम्युनिस्टलाई हराउन कम्युनिस्ट नै कांग्रेसको बिड बनेको बताए।

ओलीले माओवादी र एकीकृत समाजवादी केन्द्रका नेता कार्यकर्तालाई एमालेमा फर्किन आग्रह समेत गरे।

प्रकाशित मिति: १८:१४ बजे, शनिबार, साउन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्