गठबन्धनको सरकार कायम रहे मुलुक श्रीलंकाको बाटोमा : महासचिव पाेखरेल
काठमाडाैं, साउन २१ : एमाले महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धनको सरकार थप एक वर्ष कायम रहे मुलक श्रीलंकाको बाटोमा जाने बताएका छन्।राष्ट्रिय जनसांस्कृतिक महासंघले...
काठमाडाैं, साउन २१ : एमाले महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धनको सरकार थप एक वर्ष कायम रहे मुलक श्रीलंकाको बाटोमा जाने बताएका छन्।
राष्ट्रिय जनसांस्कृतिक महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पोखरेलले सरकार अहिलेको अवस्थामा अघि बढे अर्को एक वर्ष विदेशी मुद्राको सञ्चिती शून्य अवस्थामा पुग्ने र मुलक श्रीलंकाको बाटोमा जाने बताएका हुन्।
मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको र जनताको जीवन सहज बनाउने काममा सरकार पूर्ण रुपमा असफल भएको उनले बताए। यो सरकारको नेतृत्वमा मुलुकको अर्थतन्त्रको बिकास सम्भव नरहेको उनकाे भनाइ छ।
महासचिव पोखरेलले गठबन्धन मिलेर र एमाले एक्लै स्थानीय तहको चुनाव लड्दा पनि एमालेलाई जनताले अधिक साथ दिएको जिकिर गरे। उनले सत्ताको विरोध र भण्डाफोरलाई तीव्र बनाए आगामी निर्वाचनमा एमालेका पक्षमा अधिकतम जनाधार निर्माण हुने दाबी गरे।
पोखरेलले समाजलाई बाटो देखाउने सामथ्र्यलाई परिचालन गरेर पार्टीका पक्षमा जनमत सिर्जना गर्न निर्देशन दिए।











![नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेला [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1786699130.jpg)