Kathmandu Press

काठमाडौं उपत्यकामा २१४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २१  : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा १ सय ६३, ललितपुरमा...
काठमाडौं उपत्यकामा २१४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २१  : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा १ सय ६३, ललितपुरमा ४४ र भक्तपुरमा ७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार ९१२ पुगेको छ। तीमध्ये काठमाडौंमा ३ हजार ७८, ललितपुरमा ७ सय ४७ र भक्तपुरमा ८७ रहेको मन्त्रालयले जनाएको छ।

शनिबार देशभर ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ४१ पुगेको छ।

प्रकाशित मिति: १६:५२ बजे, शनिबार, साउन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्