कुलोमा डुबेर बालकको मृत्यु
कैलाली, साउन २१ : कैलालीको टीकापुर नगरपालिका–१ स्थित जमरा कुलोमा डुबेर आज एक बालकको मृत्यु भएको छ।एकतानगर शिविरका १२ वर्षीय दिनेश परियारको जमरा...
कैलाली, साउन २१ : कैलालीको टीकापुर नगरपालिका–१ स्थित जमरा कुलोमा डुबेर आज एक बालकको मृत्यु भएको छ।
एकतानगर शिविरका १२ वर्षीय दिनेश परियारको जमरा कुलोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।
नुहाउने क्रममा डुबेर बेहोस भएका परियारलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ।
उनको शव परीक्षणका लागि अहिले टीकापुर अस्पतालमै राखिएको प्रहरीले जनाएकाे छ।
प्रकाशित मिति: १६:२८ बजे, शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











