Kathmandu Press

राखी ४०औं वर्षमा प्रवेश, यस्तो छ संघर्षपूर्ण यात्रा

काठमाडौं, मंसिर ९ : बलिउडमा विवादास्पद छवि बनाएकी कलाकार हुन् राखी सावंन्त। नोभेम्बर २५ अर्थात आज उनी ४०औं जन्म दिन मनाइरहेकी छन्।

बलिउडमा ड....

राखी ४०औं वर्षमा प्रवेश, यस्तो छ संघर्षपूर्ण यात्रा

काठमाडौं, मंसिर ९ : बलिउडमा विवादास्पद छवि बनाएकी कलाकार हुन् राखी सावंन्त। नोभेम्बर २५ अर्थात आज उनी ४०औं जन्म दिन मनाइरहेकी छन्।

बलिउडमा डान्सिङ स्टारका रुपमा चिनिएकी राखी त्यस्ती कलाकार हुन् जो आफ्नै बलबुताले बलिउडमा जमेकी छन्। उनी न कुनै पारिवारिक विरासतबाट आएकी हुन् न त कुनै पहुँचको भरमा स्थापित बनिन्।

उनको पारीवारिक अवस्थाको सामान्य छ। गरिब परिवारकी सन्तान हुन्। उनी आज जहाँ उभिएकी छिन्, आफ्नै बरकत र संघर्षले उभिएकी हुन्।

Hardik ivf

यद्यपि राखी कहिले बोली त कहिले विभिन्न हरकतका कारण चर्चा र विवादको घेरामा आइरहन्छिन्। पछिल्लो समय भने उनी आफ्नो वैवाहिक जीवनका कारण चर्चामा छन्। राखी आज जति हसिलो देखिन्छिन्, उनको विगत त्यत्तिनै कठिन र दुःखदायी भएको भारतीय मिडियाले उल्लेख गरेका छन्।

त्यो दुःखको घेराबाट उम्किएर बलिउडमा आउनु राखीका लागि साच्चै सहज थिएन। तर, उनले निकै मेहनत गरेर बलिउडमा प्रवेश गरिन्। उनको जन्म दिनको अवसर पारेर राखीबारे निकै धेरैले थाहा नपाएका कुरा भारतीय मिडियाले बाहिर ल्याएका छन्।

केही महिना पहिला राखी एक सोमा पुगेकी थिइन्। जहाँ उनले आफ्नो जिन्दगीको तितो याद पस्किएकी थिइन्।

असली नाम राखी होइन

राखी सावंतले उक्त सोमा भनेकी थिइन् उनको असली नाम नीरु भेन्डा हो। बलिउडमा आउनका लागि उनले आफ्नो नाम नै परिवर्तन गरिन्। बलिउडमा प्रवेश गर्दाको क्षण स्मरण गर्दै उनले अन्तरर्वार्ताको क्रममा भनेकी छन्,  ‘म निकै गरिब परिवारमा जन्मिएकी छोरी हुँ।’

उनले सोका क्रममा आफ्नो बाल्यकालबारे खुलाइन्,  ‘मेरी आमा एक अस्पतालमा आयाको काम गर्थिन। बुवा मुम्बईमा पुलिस कन्सटेबल थिए। निकै मुस्किलसँग हाम्रो परिवार चलेको थियो। कहिले काहीँ त यस्तो हुन्थ्यो हामीसँग खानको लागि केही पनि हुँदैन्थ्यो। छिमेकीले हामीलाई खानेकुरा दिने गर्थे।’

डान्स गर्दा कुट्थे मामा

राखीलाई बाल्यकालदेखि नै डान्स र अभिनयमा रुचि थियो। उनी जब डान्स गर्न खोज्थिन त उनका मामा उनलाई निकै कुट्ने गर्थे। राखीले भनेकी छन् कि, उनको परीवारमा छोरीचेलीलाई डान्स गर्ने अनुमति थिएन । त्यसैले राखी जब डान्स गर्थिन् उनका मामा उनलाई निकै जोरले कुट्ने गर्थे।

घरबाटै भागिन राखी

राखीले आफू बलिउडमा आउन घरबाट भागेर आएको पनि खुलाएकी छन्। उनका बुवाआमा विवाह गरिदिन चाहन्थे। त्यसैले उनी बुवाआमाको पैसा चोरर भागिन्।

राखी घरबाट भागेर हिंडेपछि परिवारले उनीसँगको नाता नै तोडिदिएको उनले निकै मलिन स्वरमा भनेकी थिइन्। त्यसपछि राखी नितान्त एक्लो भइन्। बलिउडमा आउन राखीले घर त छोडिदिइन् तर एक्टिङबारे उनलाई कुनै ज्ञान थिएन।

फोटो सुट कसरी हुन्छ, कहाँ हुन्छ केही थाहा थिएन। नत उनी पढेलेखेकी थिइन् नत उनलाई आइटम डान्स भनेको के हो भन्ने नै थाहा थियो। तर, उनी अडिसन दिन गइरहिन्। उनमा एउटै भूत सवार थियो, उनी बस हिरोइन बन्न चाहन्थिन्।

‘परदेसियाँ’बाट हिट

कैयौं तिरस्कार सहेर पनि राखीले हार मानिनन्। उनले आफ्नो सर्जरी गर्ने निर्णय गरिन्। उनले आफ्नो नाक र ब्रेस्टको सर्जरी गराइन्।

त्यसपछि उनी फेरि अडिसन दिन पुगिन्। त्यसपछि उनलाई जोरुका गुलाम, जिस देसमे गंगा रहता है, य रास्तेजस्ता फिल्ममा सानोतिनो भूमिका मिल्यो। तर, यस्तो भूमिकाले उनलाई चाहेजस्तो चर्चा मिलेन।

त्यसपछि उनले २००५ मा उनको ‘परदेसिया’ गीत रिलिज भयो। जुन पुरानो गीतको रिमिक्स थियो। यही गीतले उनलाई ‘आइटम गर्ल’का रुपमा स्थापित बनाइदियो।

राखीको यो गीत रातारात हिट भयो। त्यसपछि उनलाई काम पाउन गाह्रो भएन। अहिलेसम्म आउँदा बलिउडका कैयौँ हिट गीतमा राखी देखिएकी छन्।

प्रकाशित मिति: ११:४२ बजे, सोमबार, मंसिर ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्