Kathmandu Press

कोसीको बहाव बढ्ने अनुमान, ब्यारेजका २९ ढोका खोलिए, उच्च सतर्कता अपनाउन आग्रह

कोसी ब्यारेजले ९ लाख क्युसेक बहाव धान्न सक्ने बताइए पनि नदीको सतहमा बालुवा थुप्रिएकाले ४ लाख क्युसेकभन्दा माथिको बहावलाई सम्भावित जोखिमका रुपमा लिने गरिएको छ।
कोसीको बहाव बढ्ने अनुमान, ब्यारेजका २९ ढोका खोलिए, उच्च सतर्कता अपनाउन आग्रह

सुनसरी, साउन २१ : सप्तकोसीको जलस्तर अस्वाभाविक रुपमा बढ्ने आकलन गरिएसँगै सप्तरी, सुनसरी र उदयपुरका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

५ लाख क्युसेकभन्दा बढी पानीको बहाव हुन सक्ने अनुमानसँगै ती तीन जिल्लाका प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन्। काेसी ब्यारेज नियन्त्रण कक्षका अनुसार शनिबार मध्याह्न १२ बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर २ लाख २ हजार ४ सय ७५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाव भइरहेको छ।

जसका कारण ब्यारेजका २९ वटा ढोका खोलिएका छन्। कोसी ब्यारेजले ९ लाख क्युसेक बहाव धान्न सक्ने बताइए पनि नदीको सतहमा बालुवा थुप्रिएकाले ४ लाख क्युसेकभन्दा माथिको बहावलाई सम्भावित जोखिमका रुपमा लिने गरिएको छ।

पूर्वी भेगका पहाडी जिल्लाहरूमा अविरल वर्षाका कारण सप्तकोसीमा जोडिने नदीहरूमा पानीको सतह अत्यधिक रहेकाले कोसीमा पानीको बहाव अस्वाभाविक रुपमा बढ्ने अनुमान गरिएको जनाइएको छ। कोसी ब्यारेजसहित कोसीको संरचनालाई निगरानी गरिरहेको पनि जनाइएको छ।

कोसीमा अत्यधिक बहाब हुन सक्ने भएपछि सुनसरीमा पनि उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। बस्तीतर्फ कोसी प्रवेश गरेकोले उदयपुरमा पनि उच्च सतर्कता अपनाइएको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए।

प्रकाशित मिति: १४:३३ बजे, शनिबार, साउन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्