जबराविरुद्धको महाअभियोगमाथि भोलि संसदमा छलफल हुने
काठमाडौं, साउन २१ : प्रतिनिधिसभाको भोलि (आइतबार) बस्ने बैठकमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोगको प्रस्तावमाथि छलफल हुने भएको छ।संघीय संसद सचिवालयका महासचिव...
काठमाडौं, साउन २१ : प्रतिनिधिसभाको भोलि (आइतबार) बस्ने बैठकमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोगको प्रस्तावमाथि छलफल हुने भएको छ।
संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले प्रकाशन गरेको प्रतिनिधिसभाको आइतबारको बैठकको सम्भावित कार्यसूचीको अन्तिम तथा चौथो बुँदामा ‘२०७८ फागुन १९ गतेको बैठकमा सांसद देवप्रकाश गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गरेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने’ उल्लेख छ।
महाअभियोग दर्ता भएको पाँच महिनापछि संसदमा छलफल हुन लागेको हो। गएको फागुन १९ गते संसदमा महाभियोग दर्ता भएपछि प्रधानन्यायाधीश जबरा स्वतः निलम्बनमा परेका छन्।
अन्य कार्यसूचीमका सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले ‘पशु
स्वास्थ्य तथा पशु सेवा परिषद्विधेयकसम्बन्धी समितिको प्रतिवदेन, २०७९ पेस गर्ने र प्रधानमन्त्री शरेबहादुरदेउवाले ‘महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदन, २०७९ पेश गर्ने रहेका छन्।
भाेलि बिहान ११ बजे प्रतिनिधिसभाकाे बैठक बस्दैछ।











