ऋतिक र टाइगरको ‘वार’ले कमायो ३२० करोड
काठमाडौं, मंसिर ९ : ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’ले सिनेमा हलमा ५५औं दिन पूरा गरेको छ। वारले सन २०१९ को सबैभन्दा बढी आम्दानी गर्ने....

काठमाडौं, मंसिर ९ : ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’ले सिनेमा हलमा ५५औं दिन पूरा गरेको छ। वारले सन २०१९ को सबैभन्दा बढी आम्दानी गर्ने फिल्मको रेकर्ड बनाएको छ।
यो वर्ष सकिन अब धेरै दिन बाँकी छैन। र पनि बलिउडमा एउटा कौतुहलता छाएको छ, के अब आउने फिल्मले ‘वार’को रेकर्ड तोड्न सक्ला?
यो फिल्म गान्धी जयन्तीको अवसर पारेर २ अक्टुबरमा प्रदर्शनमा आएको थियो। आज आएर यसले फिल्म हलमा ५५ दिन पूरा गरेको छ।
वितरकहरुका अनुसार फिल्म अहिले पनि ५७ वटा हलमा चलिरहेको छ। यसले अहिलेसम्म तीन सय २० करोडभन्दा बढी नगद कलेक्सन गरेको छ।
जबकी यही बीचमा हाउसफुल–४, मरजावाँ र बालाजस्ता फिल्म पनि प्रदर्शनमा आए। यी फिल्मले पनि राम्रो प्रदर्शन गरे तर वारको तुलनामा भने निकै पछि परे।
वारप्रतिको लगाव देखेर केही सिनेमा हलले यसलाई अझै प्रदर्शन गरिरहेको भारतीय मिडियाले जनाएका छन्।
सिद्धार्थ आनन्दले निर्देशन गरेको ‘वार’ हिन्दी सँगसँगै तमिल र तेलुगु भाषामा पनि रिलिज गरिएको थियो। फिल्मले ५३ दशमलव ३५ करोडको ओपनिङ रेकर्ड बनाएको थियो।
फिल्मले पाँच दिन लामो ओपनिङ विकेन्डमा एक सय ६६ करोड कमाएको थियो।
यो फिल्म सान २०१९ को बक्सअफिस रेकर्डमा सबैभन्दा बढी कमाइ गर्ने फिल्ममा दर्ज भएको छ। तर, डिसेम्बरसम्म यसले आफ्नो रेकर्ड कायम राख्छ कि अर्कैले तोड्छ भन्ने जिज्ञासा भने बाँकी नै छ।
वारको अपार सफलताले बलिउडमा ऋतिक रोशनको पारिश्रमिको ग्राफ भने निकै माथि पुर्याएको छ।
डिसेम्बरमा सलमान खानको दबंग–३ र अक्षय कुमारको गुड न्यूज रिलिज हुँदै छ। कतिपयले सलमान र अक्षयको फिल्मले वारको रेकर्ड तोड्ने अड्कल पनि गरेका छन्।












